728x90 AdSpace

  • Latest News

    Thursday, July 14, 2016

    सेतो दूबी,कपाल,कान,आँखा दुखेमा,हृदयघात,बिच्छी र बारुलाले टोकेकोमा,क्यान्सरको घाउमा :नीम

    ज्वरो आएमा-यदि शरीरमा मन्द ज्वरो सदा रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनु होस् आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ ।


    औलोको ज्वरोमा- नीमको बोक्रा, कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान्बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।


     
    कपाल दुखेकोमा-नीमको ताजा पातको रस निकालेर २,२ थोपा नाकमा हालेमा टाउका अनि कपाल दुखेको ठिक हुन्छ ।
    कान दुखेमा- नीमको पातको रस मनतातो पारेर कानमा ३,४ थोपा हाल्ने गरेमा कान दुखेको, पाकेको सबै रोग ठीक हुन्छ ।
    आँखा दुखेमा- नीमको कमलो पातको रस मनतातो पारेर जतापट्टिको आँखा दुखेको छ त्यसको अर्को पट्टिको कानमा ३,४ थोपा हाल्ने गरेमा आँखा दुखेको ठीक हुन्छ । दुबै आँखा दुखेमा दुबै कानमा हाल्ने ।

    दाँतको रोगमा- नीमको फूलको काँढा पकाएर बिहान्बेलुका कुल्ला गर्ने गरेमा दाँत तथा गिजा सम्बन्धी रोगहरु निको हुन्छन ।
    नाथ्री फुटेमा-नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।
    दमको रोगमा- नीमको तेल १० थोपा सादापानमा हालेर बिहान्बेलुका खाने गरेमा दम ठीक हुन्छ ।
    झाडा लागेमा- नीमको बोक्रा १ चम्चा, २ गिलास पानीमा पकाएर आधा गिलास बनाई छानेर दिनको तीन पटक खाएमा झाडा लागेको ठीक हुन्छ ।
    हैजाले गोडा बाउँडिएमा- हात गोडामा राम्ररी २्३ पटक नीमको तेल लगाएमा हैजाले गोडा बाउँडिएको ठीक हुन्छ ।
    शीत पित्तमा- नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।
    वात रक्तमा- नीमको गेडाको लेदो एक चम्चा वा पातको लेदो एक चम्चा ३,४ महिना नियमित खाने गरेमा वातरक्त निको हुन्छ । यसै प्रक्रिया द्धारा कुष्ठरोग, क्षयरोगको ज्वरो, अजीर्ण, चर्मरोग सम्पूर्ण निको भएर आउँछ ।
    जुको परेमा- दालमा नीमको पातले झाँनेर खाने गरेमा पेटको जुकाहरु मर्दछन् अथवा १० थोपा नीमको तेल खाने गरेमा २्४ दिनमा नै पेटको जुका मर्नेछन् ।
    डण्डीफोर- नीममा एन्टी इंफ्लेमेट्री तत्व पाइन्छ, नीमको रसले चाया, डण्डीफोरआदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट मुक्ति दिलौदछ। नीमको जूस रसले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा बिशेष भूमिका खेल्दछ ।
    हृदयघात- यो नीमको जूस महिनामा १० दिन सेवन गर्ने हो भने यसले हृदयघातको सम्भाव्यतालाई समेत निर्मुल नै पारी दिन्छ ।
    पिलिया- नीमको पातहरुको रस र सुद्ध महलाई २स्१ृदुई भागे नीमको रस र एक भाग मह अनुपातमा मिलाएर पिउनाले पिलिया भएको व्यक्तिहरुलाई फाइदा गर्दछ।
    बिकार- नीमको रस कानमा हाल्नाले कानको बिभिन्न बिकारहरुमा समेत फाइदा गर्दछ । नीमको जूस पिउनाले शरीरको बिकारहरु निस्कासन गर्न बिशेष सहयोग पुरयाउद छ ।
    कपाल मुलायम- नीमको नियमित सेवनले कपाललाई मुलायम र चम्किलो बनाउँछ ।
    छालालाई आकर्षक- शरीरको र अनुहारको छालालाई कामुक आकर्षक बनाई दिन्छ।
    आँखा तेजिलो- नीमको रस दुई थोपा आँखामा राख्नाले आँखा तेजिलो बनाउनुका साथै यदी कन्जंगक्टवाइटिस भएको छ भने पनि चाडैनै ठिक गरिदिन्छ ।
    छाला सम्बन्धि रोग- यसको साथै छाला सम्बन्धि रोगहरु जस्तैस् एक्जिमा, स्मल पक्स आदिमा पनि नीमको जूस पिउनाले त्यस्ता रोगहरुलाई निर्मुल पर्दछ । नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो। यसले शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ ।

    गिजाबाट रगत आउने रोग- पयारिया, गिजाबाट रगत आउने जस्तो रोगलाई नीमको पात वा बोक्रालाई एउटा भाडोमा पानी सहित हालेर रात भरी राख्ने र बिहान त्यो पानीले कुल्ला गर्नाले पयारिया र गिजाबाट रगत आउने जस्तो रोगमा निकै फाइदा हुन्छ। यसले गिजा र दाँत लाई एकदम बलियो र स्वास्थ्य बनाउद छ । नीमको फूलले पने निकै फाइदा गर्दछ। नीमको फुललाई मजाले कडापानी बनाएर पिउनाले हाम्रो शरीरलाई निकै फाइदा गर्दछ। नीमको डाँठले नित्य दत्युन गर्नाले दाँत भित्र हुने बिभिन्न प्रकारको जीवाणु हरुलाई नष्ट गरिदिन्छ र दाँत र गिजालाई चम्किलो, स्वास्थ्य र बलियो बनाउनुका साथै मन लाई समेत प्रसन्न बनाउन मदत गर्दछ।
    सेतो दुबीमा- नीमको फल, फूल र पात बराबर लिएर मसिनो गरी पिंध्नु र शर्वत जस्तै १ गिलास पानीमा घोलेर पिउनु, यसरी पिएमा ३० दिनमा सेतो दुबी ठीक हुन्छ ।
    प्रसुति कष्टमा- नीमको जरा गर्भवती स्त्रीको कम्मरमा बाँध्नाले बच्चा सजिलैसँग जन्मन्छ तर बच्चा हुने बित्तिकै जरा फुकाएर फ्याकिदिनु पर्छ ।
    क्यान्सरको घाउमा- नीमको काठ पानीमा चन्दन झै घोटेर बाक्लो लेप गर्नाले क्यान्सरको घाउ पनि निको भएर आउँछ ।
    बिच्छी र बारुलाले टोकेकोमा- नीमको पात कुटेर रस निकाल्ने र टोकेको ठाउँमा राम्ररी दल्नाले आराम गर्दछ ।
    अंग नचलेमा वा पक्षघात भएमा- मरिचको धूलो, निमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जानेछ ।
    सेतो दूबीमा- १० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।
    अनुहार सुख्खा भएमा- मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहानरबेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सेतो दूबी,कपाल,कान,आँखा दुखेमा,हृदयघात,बिच्छी र बारुलाले टोकेकोमा,क्यान्सरको घाउमा :नीम Rating: 5 Reviewed By: Unknown
    Scroll to Top