पुर्व अर्जेन्टिनाका स्टार हर्नान क्रिस्पोले बार्सिलोना तथा अर्जेन्टिनाका स्टार लियोनल मेस्सी अभागि भएको बताएका छन् । क्रिस्पोले भनेका छन्,‘अर्जेन्टिनासँग मेस्सी छ तर पनि उपाधि बिहिन हुन दुर्भाग्यको कुरा हो ।’ अर्जेन्टिना टिम बल्ल ट्रयाकमा रहेको छ । हरेक उपाधिका लागि यो टोली प्रतिस्पर्धा गर्न तयार रहेको छ तर यो टोलीले लगातार कोपा अमेरिका कपमा एउटै टोलीसँग हार्नु झन् ठुलो दुर्भाग्य भएको क्रिस्पोले बताएका छन् । ‘म आशा गर्छु अर्जेन्टिनाले उपाधि जितोस्, तर उपाधि हालसम्म नजित्नुमा मेस्सीकोमात्र गल्ती देखाउनु गलत हुनेछ । मेस्सी उत्कृष्ट खेलेकै हुन् । राष्ट्रिय टिमका लागि उनी सर्वाधिक गोलकर्ता पनि हुन् । उनी विश्वकै उत्कष्ट खेलाडी हुन् । तर उनी अभागि पनि हुन् ।’ क्रिस्पोले भने २३ वर्षसम्म कुनै पदका् नजिक पुग्न नसकेको अर्जेन्टिना टोलीलाई फाइनलमा पुर्याउनु पनि ठुलो सफलता रहेको उनले बताए । उनीहरुले सन् २००४ र २००८ को ओलम्पिकमा उपाधि जितेका थिए । तर हामीले धेरै फाइनलहरु गुमायौ । यसले अर्जेन्टिनालाई प्रतिस्पर्धीमात्र रहेको भान गराएको छ उनले बताए । उनले भनेका छन्,‘यो मैले सोच्ने तरिका हो, हेरौ अर्को पटक उपाधि जित्छौ कि ।’

0 comments:
Post a Comment