सम्मानिय प्रधानमन्त्री ओली ज्यू
तपाईंको काखमा बसेका बच्चा नेकपा एमालेका बफादार कार्यकर्ता र नेपाल सरकार अर्थ मन्त्रालयको भन्सारमा कार्यरत सरकारी कर्मचारीका छोरा हुन । यिनको भन्सार मा स्थायी जागीर र काठमाडौं मै घर छ ।
भन्सारमा काम गर्नेको कमाइ कति हुन्छ ! तपाईलाई थाह नै छ ।
आदित्य बाबू शारीरिक रुपमा कमजोर छन । यसमा हामी सबै दुखी छौ । बजारमा आएको हल्ला अनुसार उनको केही क्षमता भए हामी कदर गर्छौ ।
अर्को तस्बिरमा भएका अर्को बालक चिन्नुहुन्छ ?
२०६२/६३ को आन्दोलनको बेला नेपालगन्जमा सेनाको तातो गोलि छातिमा थापेर हाकाहाकी सहादत प्राप्त गर्ने बिरङना सेतु बि क का छोरा हुन । सेतु बि क सहिद भए पछि त्यो आन्दोलन उत्कर्समा पुगेको थियो । अनि उनी जस्तो महान सहिदको कारणले गणतन्त्र आयो ।
त्यसपछि प्रचण्ड, बाबुराम, माधवकुमार, झलनाथ र तपाईं गरेर ५ जना कम्युनिष्ट र सुशील कोइराला एक जना कांग्रेस गरेर ६ जना सत्तामा बस्नु भयो ।
तर कसैको ध्यान पनि यी बालक तिर गएन ।
किनकी
१ यी मोफसलमा बस्छन ।
२ यी कथित दलित हुन ।
३ यिनको बोलिदिने कोहि छैन, पहुच छैन ।
४ सेतु बि क पनि कम्युनिस्ट नै रहिछन तर मरेको कार्यकर्ताको खोजी हुने कुरा भएन । किनकी मदन भण्डारी सगै मरेका पार्टीका नेता जिवराज आश्रीतकि पत्निको त कदर हुदैन भने सेतु बि क का छोरालाई कसरी सम्झनुहुन्छ ?
५ यी बालकका कुनै आफन्त छैनन र अलिकति कोहि भए तपाईहरुको लागि उपयोगी छैनन ।
त्यसैले,
यी गरिब, बिपन्न, दलित, असाहाय, दुखी सहिद पुत्र बालक प्रती तपाईहरुले ध्यान दिने कुरा भएन ।
सेतु बि क लाई राज्यले सम्मान गरेर सहिदको दर्जामा राखेको छ । उनको नाममा नेपालगन्जमा सहिद सेतु बि क चोक नै बनाएर उनको सालिक पनि स्थापना गरेर कर्मकाण्ड पूरा गरिएको छ ।
तर,
उनको छोरा यी बालक कहिले नेपालगन्जको सडकमा कुल्ली भएर बाचे, कहिले होटलमा भाडा माझेर बसे, कहिले बालक भरिया भएर हिडेका छन ।
नेपालगन्ज जादा मैले यिनलाई एक पटक त भेटे तर पछि अनेक गर्दा पनि भेट्न सकिन र यिनको आमाको सालिक लाई नमस्कार गरेर फर्के ।
यिनको स्कुल पढ्ने धोका कहाँ पुग्यो होला ?
अहिले कहाँ के गर्दै होलान ?
तपाईंले हिजो मात्र आदित्य दहालालाई एक करोड दिदा मेरो मनमा यी बाबुको याद आयो ।
हुनत यो देशमा लाखौ बालबालिका दुखी गरिब र हजारौं असहाय छन ।
तर तपाईंले सेतु बि क को छोरा वा जनआन्दोलन का घाइते भएर मृत्यु सैयामा बसेका बनेपाका मुकेश कायस्थ लगायत लाई भुलेर,
१ आदित्य दाहाल लाई मात्र यति माया किन गर्नुभयो ?
२ के आदित्यले झै मुकेश कायस्थले पनि अमेरिकी अस्पतालमा गएर उपचार गर्न पाउनु पर्दैन ?
३ सेतु बि क को छोराले सामान्य स्कुलमा पढ्न पाउनु पर्दैन ?
४ तपाई लगायत सत्तामा बस्नेको कुर्सी यिनकी आमाको रगतले बनेको होइन र ?
५ इतिहासमा त तपाईंको योगदान पनि निकै ठूलो छ । झापाका ढकाल बन्धुहरुको हत्या पछि सुरु भएको आन्दोलनमा तपाई पनि १४ बर्ष जेल नेल बस्नु भएको हो ।
६ तर ६२/६३ को आन्दोलनमा तपाईंको भन्दा सेतु बि क को भुमिका बढी थिएन र ?
यो कुरा बुझ्न सकिएन ।
यो बारेमा कम्युनिष्ट भएर पनि धर्म कर्ममा लाग्ने र भबिस्यबाणी पत्याउने मैले केही श्रद्धा गर्ने माओवादी नेता Narayan Kaji Shrestha ज्यु को पनि ध्यानाकर्षण गराउन चहान्छु । किनकी आदित्य बाबुको बारेमा उहाको नाम पनि जोडिएको पाएको छु ।
होस त यहाहरुको सत्य र न्यायको आखा खुलोस ।
यहाको शुभेच्छुक
निलकण्ठ शर्मा
पर्वत, फलेवास
हाल काठमाडौं
मिति २०७३ श्रावण १(visitor postमा थुप्रै fan हरुले publish गर्नुहोस् भनेर request पठाउनु भएको)Everestonline

0 comments:
Post a Comment