728x90 AdSpace

  • Latest News

    Thursday, July 21, 2016

    डोल्पामा प्राकृतिक नाकाबन्दी

    डोल्पा (दुनै)। वर्षा ऋतुको सुरुवात भएसँगै डोल्पामा यातायातको मुख्य साधनको रुपमा रहेको जुफाल विमानस्थल पाँच दिनदेखि बन्द छ ।
    वर्षा सिजन सुरु भएसँगै बाटो अवरुद्ध भएकाले दैनिक उपभोग्य वस्तु ढुवानीको एकमात्र माध्यम खच्चड पनि नियमित आउन छाडेका छन् ।

    डोल्पामा प्राकृतिक नाकाबन्दीको अवस्था सिर्जना भएको छ । मौसम खराबीका कारण जुफाल विमानस्थल बन्द भएपछि खाद्यवस्तु पनि आउन छाडेको छ भने खच्चडबाट पनि सामान ढुवानीमा कमी आएको व्यापारीले बताएका छन् ।


    यसले गर्दा चामल, तेल, चिनीलगायतका खाद्यवस्तुको अभाव भएको छ भने सामानको मूल्य पनि व्यापारीले बढाएको सर्वसाधारणले बताएका छन् ।व्यापारीले भएका सामानको पनि कृत्रिम अभाव सिर्जना गरेपछि सर्वसाधारण मारमा परेका छन् । डोल्पाको त्रिपुराकोट, भित्ती, खदाङ, दुनैलगायतका बजारमा उपभोग्य सामग्रीको अभाव भएको छ ।

    डोल्पामा सामान ढुवानीको माध्यमको रुपमा हवाईजहाज र खच्चड रहेकाले यी माध्यम बन्द भएपछि डोल्पामा अभाव सिर्जन भएको स्थानीय पूर्णकेशर न्यौपानेले बताउनुभयो । डोल्पामा गाडी पुगेको भए सामान ढुवानीदेखि एक ठाउँबाट अर्को ठाउँमा जान समेत सहज हुने थियो न्यौपानेले भन्नुभयो ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: डोल्पामा प्राकृतिक नाकाबन्दी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top