728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    वीर अस्पताल भक्तपुर स्थानान्तरण गरिने

    मुलुककै जेठो वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गर्ने प्रक्रिया थालिएको छ।
     
    वीर अस्पतालमा सञ्चालन भइरहेको अहिलेको स्थान साँघुरो र नयाँ संरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका ११ र १४ मा पर्ने दुवाकोटस्थित जग्गा छनोटसमेत गरेको छ। कान्तिपुर दैनिकमा समाचार छ। 
     
    अर्थमन्त्री विष्णु पौडेल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति गणेश गुरुङलगायतको टोलीले मंगलबार जग्गाको अवलोकन गर्दै वीर अस्पतालका लागि उपयुक्त जग्गा फेला परेको जनाएको हो। 
     
    उक्त जग्गामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न हजार शय्याको अस्पताल निर्माण गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए। वीर अस्पतालको स्थानान्तरण प्रक्रिया अघि बढेको मन्त्री पौडेलले बताए। 
     
    राष्ट्रपतिदेखि गिटी कुट्ने मजदुरसम्मका व्यक्तिले समान रुपमा उपचार गर्न पाउने उच्चस्तरीय अस्पतालका रुपमा विकास गरिने उनले सुनाए। सरकारले वीर अस्पताल सञ्चालनका लागि उपत्यकाभित्र ५ सयदेखि हजार रोपनी जग्गाको खोजी गरिरहेको थियो। 

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: वीर अस्पताल भक्तपुर स्थानान्तरण गरिने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top