728x90 AdSpace

  • Latest News

    Friday, July 15, 2016

    भ्रमण रकम फिर्ता गरि पुनर्वासका महिलाहरू द्धारा सिविर संचालन ।

    भ्रमण रकम फिर्ता गरि पुनर्वासका महिलाहरु द्वारा सिविर संचालन ।
    पुनर्वास ३१ असार
    हेमन्त न्यौपाने 
     सर्वदलीय र महिलासंजालको अगुवाइमा महिला लक्षित बजेटबाट महिलाहरु भ्रमणमा लागेका थिए। पुनर्वासका संजाल तथा संजाल बाहिरका सम्पुर्ण महिलाहरुले बजेट फिर्ता गराउन चर्को दबाब दिँदै आन्दोलन गरेका थिए। अन्ततः नगरपालिकाले भ्रमण रकम बाट केही रकम कट्टी गरि,  १ लाख रकम फिर्ता गरेको थियो । सोही रकमले आज पुनर्वासको साबिक परासन स्वास्थचौकीमा महिलाहरुलाई पाठेघर खस्ने सम्बन्धि बिमारीका लागि कैलाली अस्पतालबाट महिला रोग विशेषज्ञ डाक्टर अन्जना शर्मालाई ल्याइएको थियो भने निशुल्क चेकजाँच तथा निशुल्क औषधि बितरण गरियो ।  महिला समूह तथा पुनर्वास बिकाश मंचको आयोजनाको आयोजनामा कार्यक्रम राखिएको थियो ।  संचालक समितिमा  अध्यक्ष हरिकला सुवेदी, उपाध्यक्ष देवि लोहनी  सचीव बसन्ती पौडेल सह सचीव भगवती रेग्मी
    कोषाध्यक्ष लक्ष्मी लम्साल सदस्य कल्पना श्रेष्ठ, राधिका कोइराला , हरिकला खनिया, राधिका कोइराला २, लक्ष्मी सापकोटा , चमेली तामाङ, मेनुका उप्रेती, गिता साही को पूरा टिमले काम गरिरहेको थियो। परासनका स्वास्थ स्वयंसेवीकाहरुमा  टीका काफ्ले, जयन्ती महरा, चन्द्रकला कठायत कार्यक्रममा खटिरहेको देखिन्थ्यो । त्रिभुवनबस्ती स्वस्थ्य चोकीकि कल्पना पौडेलले पनि साथ दिनुभएको थियो । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भ्रमण रकम फिर्ता गरि पुनर्वासका महिलाहरू द्धारा सिविर संचालन । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top