लन्डन – रियल म्याड्रिड तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाउने सेलिब्रेटीको सूचीको ५औं स्थानमा परेका छन् ।
फोब्र्सले जारी गरेको सर्वाधिक कमाउने सेलिब्रेटीको नयाँ सूचीमा पाँचौं नम्बरमा परेका रोनाल्डो खेलाडीमा भने पहिलो नम्बरमा छन् ।
८८ मिलियन कमाई
फोब्र्सका अनुसार रोनाल्डोको वार्षिक कमाई ८८ मिलियन ९ अर्ब ४३ करोड भएको फोब्र्सले जनाएको छ ।
रोनाल्डोको कमाई अमेरिकाका टेलिभिजन स्टार डा. फिल म्याकगा्रेसँग बराबरी छ ।
पोर्चुगललाई युरोकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रोनाल्डोको तलब वार्षिक ५५ मिलियन डलर ५ अर्ब ८९ रुपैयाँ छ । बाँकी रकम रोनाल्डोले विज्ञापन तथा प्रायोजनबाट कमाउने गर्छन ।
तीनपटकका फिफा वर्ष रोनाल्डोसँग नाइक, ट्याग हेउर, सकर बदर्स सुट्स, मोन्सटर हेडफोन्सको प्रायोजन सम्झौता छ ।

0 comments:
Post a Comment