728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    फिर्ता लियो माओवादीले सरकारको समर्थन ।

    काठमाण्डु, २८ असार– सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

     

    सोमबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले सरकारसम्बन्धी अन्तिम निर्णय लिने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएपछि उनले सोमबार नै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

     

    तर छलफलमा ओलीले राजीनामा नदिने र देउवाले बहुमतीय सरकारमा समर्थन गर्ने जनाएपछि माओवादीले मंगलबार सरकारको समर्थन फिर्ता लिएको हो ।

     

    यस विषयमा काठमाण्डु टुडेसँग कुरा गर्दै माओवादी नेता दिनानाथ शर्माले माओवादीले सरकारको समर्थन फिर्ता लिएको पत्र ओलीको हातमा पुगिसकेको बताए ।


    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: फिर्ता लियो माओवादीले सरकारको समर्थन । Rating: 5 Reviewed By: Unknown
    Scroll to Top