माओवादी स्रोतका अनुसार प्रचण्डले आज नै प्रधामन्त्री केपी ओलीलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाउने छन् । यो सँगै एमाले–माओवादी गठबन्धन भत्कनेछ र नयाँ गठबन्धनका लागि औपचारिक बाटो खुल्नेछ ।
कांग्रेस र माओवादीबीच नयाँ गठबन्धनका लागि करिब करिब सहमति बनेको छ । माओवादीले सरकारबाट समर्थन फिर्ता लिए लगत्तै दुई पार्टीबीच राष्ट्रिय सहमतिको सरकारका लागि संयुक्त पहल शुरु हुनेछ ।
हिजो सँझ भएको भेटमा प्रचण्डले सहमतीय सरकार बनाउनका लागि राजिनामा दिएर बाटो खोलिदिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए । तर, ओलीले आफूले राजिनामा नदिने बताएपछि प्रचण्डले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेका हुन् ।
सहमतीय सरकारको कसरत : बाटो खोलिदिन प्रधानमन्त्री ओलीलाई प्रचण्डको आग्रह
माओवादी केन्द्रीय कार्यालय बैठकले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सम्पूर्ण निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो । यही अनुसार प्रचण्डले आइतबार र सोमबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग छुट्टाछुट्टै भेट गरेका थिए ।
स्रोतका अनुसार सोमबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस र माओवादीका दोस्रो तहका नेताले भावी गठबन्धनका विषयमा सहमतिको प्रारम्भिक मस्यौदा तयार गरेका थिए ।Ratopati
0 comments:
Post a Comment