जनकपुर, असार २८ – जनकपुरको बसपार्कबाट एउटा बस चोरी भएको छ । जनकपुरबाट जटही चल्ने ना १ ख ९५७९ नम्बरको शुभ यात्रा ट्राभल्सको बस चोरी भएको बस सञ्चालकले जनाएका छन्।
बसमा कोहि नभएको बेला बिहान ११ बजेतिर चोरी भएको बस सञ्चालक जटहीका रोहित चौधरीले बताउनुभयो ।
सेतो रंगको बस बसपार्कबाटै चोरी भएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा खोज तलासको लागि निवेदन दिएको चौधरीले बताउनुभयो । धनुषा प्रहरीले यस सन्दर्भमा केही जानकारी नभएको बताएको छ ।ujyaalo90 network
0 comments:
Post a Comment