काठमाडौं, २८ असार । साउथ चाइना सी (दक्षिण चीन सागर) मुद्दामा इन्टरनेशनल ट्राइब्यूनल (अन्तर्राष्ट्रिय अदालत)ले चीनको विपक्षमा फैसला गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इन्टरनेशनल ट्राइब्यूनलले मंगलबार दक्षिण चीन सागरको विवाद सम्बन्धि मुद्दामा फिलिपिन्सको पक्षमा फैसला सुनाएको हो ।
पुरै दक्षिण चीन सागरलाई चीनले आफ्नो भनिरहेको छ भने केही टापुहरुमा फिलिपिन्सले पनी दावी गर्दै आइरहेको थियो । फिलिपिन्सले दाबी गरेका टापुहरु पनि चीनले आफ्नो कब्जामा लिँदा विवाद भएपछि फिलिपिन्स अन्तर्राष्ट्रिय अदालत पुगेको थियो ।
उक्त मुद्दामा आज फैसला गर्दै इन्टरनेशनल ट्राइब्यूनलले चीनसँग उक्त समुद्रमा दाबी गर्ने कुनै कानुनी अधिकार नभएको ठहर गर्दै फिलिपिन्सको पक्षमा फैसला सुनाएको हो । इन्टरनेशनल ट्राइब्यूनलले भनेको छ– ‘साउथ चाइना सीका संशाधनमाथि चीनले दाबी गर्ने हक छैन् ।’
तर, चीनले यो फैसलालाई ठाडै अस्वीकार गरेको छ । चिनियाँ सरकारी समाचार संस्थाका सिन्हुवाका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले इन्टरनेशनल ट्राइब्यूनलको फैसला गैरकानुनी भएको बताउँदै संसारको कुनै पनि अदालतलाई चीनको सम्प्रभुतामाथि फैसला गर्न पाउने अधिकार नभएको बताएका छन् ।
चीनको दाबीलाई अन्तर्राष्ट्रिय अदालतले खारेज गरेको यो पहिलो घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले दक्षिण चीन सागरमाथि आफ्नो सम्प्रभुता मान्दै आएको छ ।
भारतमा खुसीयाली
इन्टरनेशनल ट्राइब्यूनलले चीनको विपक्षीमा फैसला गरेपछि भारतमा भने खुसीयाली छाएको छ । भारतीय मिडियाले फिलिपिन्ससँग हार्यो चीन भनेर लेखेका छन् ।
यसअघि दक्षिण चीन सागरमा चिनियाँ प्रभाव रोक्न भारतले अमेरिकासँग सैन्य सम्झौता नै गरेको थियो । जून सम्झौतालाई टेकेर अमेरिकी सेनाले भारतीय भुमिबाट चिनियाँ प्रभाव रोक्न कदमहरु उठाउन पाउँछ ।
0 comments:
Post a Comment