728x90 AdSpace

  • Latest News

    Tuesday, July 12, 2016

    कांग्रेसले माग्यो ओलीको राजीनामा, प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा

    काठमाण्डु, २८ असार– नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग भएको सात बुँदे सहमति अनुमोदन गरेको छ ।

    congres

    संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सहमति अनुमोदन गरेको हो ।
    कांग्रेस र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्नेसहित ७ बुँदे सहमति भएको थियो । सहमति अनुसार पहिलो चरणमा सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
    सहमति अनुसार स्थानीय निकायको निर्वाचन प्रचण्ड र प्रदेश र संसदको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा हुने पौडेलले जनाए ।

     

    बैठकले सरकार अल्पमतमा परेकाले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरिएको छ । यदि ओलीले राजीनामा नदिए सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने उसले निर्णय गरेको छ ।kathmandu today

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कांग्रेसले माग्यो ओलीको राजीनामा, प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top