728x90 AdSpace

  • Latest News

    Wednesday, July 13, 2016

    माओवादी बाहिरिएपछि चुपचाप प्रधानमन्त्री, मौन एमाले

    काठमाडौ । नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिँदै अविश्वासको प्रस्ताव दर्ता गर्दासम्म पनि प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारुढ दल नेकपा एमाले चुपचाप बसेको छ । माओवादीले समर्थन फिर्ता लिएलगतै प्रधानमन्त्रीले सत्तारुढ दल र एमाले स्थायी समितिको बैठक
    बोलाए । त्यसयता प्रधानमन्त्री ओली मौन बसेका छन् । ‘उहाँले कसैसँग छलफल र भेटघाट केही पनि गर्नु भएको छैन’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने ‘न त पार्टी नेता छलफलमा जुटेको देखिन्छ, नत प्रधानमन्त्रीज्यूले कसैसँग छलफल गर्नु भएको छ ।’ प्रधानमन्त्री ओलीले सोमबार र मंगलबार निकै सक्रियता देखाएका थिए । तर माओवादीले समर्थन फिर्ता लिएपछि उनी पनि मौन बसेका छन् । पार्टी अध्यक्ष समेत रहेका ओलीले भावी योजनाका बारेमा आफ्नै दल र हाल सत्ता गठबन्धन दलका कुनै पनि नेताहरुसँग छलफल गरेका छैनन् । उनी चुपचाप बसेर बालुवाटारबाट बाहिरिने योजना बनाएको अनुमान एमालेभित्रै चल्न थालेको छ । कांग्रेस र माओवादीले राजीनामा गर्न दवाव दिएपनि प्रधानमन्त्रीले भने कुनै आधिकारिक जवाफ बुधबार दिएनन् । राजीनामा गर्न या अविश्वासको प्रस्तावको सामना गर्ने बिषयमा निर्णय लिन प्रधानमन्त्री ओलीले केही समय कुरिरहेका छन् । उता माओवादीले समर्थन फिर्ता लिदाँ पनि एमाले नेता माधवकुमार नेपाल, झलनाथ खनाल मौन बसेका छन् । उनीहरुले भावि योजनाका बिषयमा कुनै पनि प्रतिक्रया दिएका छैनन् । सानो विवादमा पनि प्रतिक्रिया दिने एमाले नेताहरु सहस्यमयरुपमा मौन बसेका छन् । तर उपाध्यक्ष बामदेव गौतमले भने राजीनामा दिनु पर्ने स्थायी कमिटी बैठकमै धारणा राखेका थिए । स्थायी कमिटी बैठकले माओवादी निर्णय दुर्भाग्यपूर्ण भएको सामान्य टिप्पनी गरेपनि भावी रणनीति भने केही अख्तियार गरेको छैन । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: माओवादी बाहिरिएपछि चुपचाप प्रधानमन्त्री, मौन एमाले Rating: 5 Reviewed By: Unknown
    Scroll to Top